२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला

पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला


पोखरा–पोखरा विश्वविद्यालय कार्यकारी परिषद्ले विश्वविद्यालयमा रिक्त विभिन्न पदहरुमा पदाधिकारी नियुक्त गरेको छ । विश्वविद्यालयको स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सको निर्देशकमा विमला भट्ट नियुक्त भएकी छन् ।

उनी करिब ६ वर्षदेखि पोविविमा आवद्ध थिइन् । यसैगरी अस्पताल निर्देशकमा डा. दीपेन्द्रकुमार यादव नियुक्त भएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

विश्वविद्यालय अनुसन्धान केन्द्र कार्यकारी निर्देशकमा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उप–प्राध्यापक डा. नमराज धामी नियुक्त भएका छन् ।

निर्देशकको पदावधि ४ वर्ष हुनेछ । गत जेठमा पोखरा विश्वविद्यालयमा सह–प्राध्यापक डा. अमर नागिला स्वास्थ्य विज्ञान संकायको डिनमा नियुक्त भएका थिए । नवनियुक्त पदाधिकारीहरुले शुक्रबार नै पदभार सम्हालेका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ