२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह


काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशकमा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई लगिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा डा. सिंहलाई लगेका हुन् ।

मन्त्रालयका प्रशासनका सहसचिव इन्द्रमणि पोखरेलले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहलाई विभागको महानिर्देशक बनाइएको बताए । ‘उहाँलाई आइतबारदेखि काम गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ,’ पोखरेलले भने ।

डा. सिंह १२ औं तहका स्वास्थ्यका उच्च अधिकारी हुन् । यसअघि पनि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाको रुचिमा डा. सिंहलाई मन्त्रालयमा तानेर उनको ठाउँमा जुनियर अधिकारी डा. आरपी बिच्छालाई निमित्त महानिर्देशकका रुपमा विभाग पठाइएको थियो ।

डा. विच्छा ११ औं तहका हुन् । उनले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकास पाउने थिए । तर, उनका कार्यकाल २ वर्ष लम्बाइएको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ