२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह


काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशकमा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई लगिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकमा डा. सिंहलाई लगेका हुन् ।

मन्त्रालयका प्रशासनका सहसचिव इन्द्रमणि पोखरेलले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहलाई विभागको महानिर्देशक बनाइएको बताए । ‘उहाँलाई आइतबारदेखि काम गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ,’ पोखरेलले भने ।

डा. सिंह १२ औं तहका स्वास्थ्यका उच्च अधिकारी हुन् । यसअघि पनि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाको रुचिमा डा. सिंहलाई मन्त्रालयमा तानेर उनको ठाउँमा जुनियर अधिकारी डा. आरपी बिच्छालाई निमित्त महानिर्देशकका रुपमा विभाग पठाइएको थियो ।

डा. विच्छा ११ औं तहका हुन् । उनले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकास पाउने थिए । तर, उनका कार्यकाल २ वर्ष लम्बाइएको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ