गृहपृष्ठ ∕ समाचार ∕ सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल हेल्थ आवाज आइतवार, २०७९ वैशाख ११ गते, १७:५६ मा प्रकाशित चितवन—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधिमा आत्मनिर्भर हुन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली औषधि उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा चितवनमा भएको फर्मा एक्स्पो—२०२२ को दोस्रो दिन शनिबार आयोजित अन्तक्रियामा उनले यस्तो धारणा राखेका हुन् । ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा पौडेलले औषधि उत्पादनमा सम्भावना र चुनौती उतिकै भएकोले यसका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्न आवश्यक रहेको बताए। एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि उद्योगलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘नीति कार्यन्वय हुन नसक्दा औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन। यसको लागि सरकारले नीतिलाई बलियो पारी आन्तरिक उत्पादनलाई बढावा दिनतर्फ लाग्नु आवश्यक छ,’ उनले भने । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई अघि बढाउन नीतिगत रुपमै केही परिवर्तन गर्नुपर्नेमा बताए । औषधि व्यवस्था विभागको पूरानो संरचनाले गर्दा सेवाग्राहीले चाहेको जस्तो काम लिन नसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन