गृहपृष्ठ ∕ समाचार ∕ ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा हेल्थ आवाज आईतबार, २०७९ असार ५ गते, १५:११ मा प्रकाशित तस्विरः ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड—१९ विरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको २२ लाख ३ हजार २ सय डोज फाइजर खोप काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने, ‘आइतबार दिउँसो खोप त्रिभुवन विमानस्थलमा आइपुगेको छ । खोप अभियान चाडै सुरु गरिने भएकाले आजै प्रदेशका खोप भण्डार केन्द्रमा आवश्यक खोप पठाउँछौं ।’ सरकारले ९ देखि १५ असारसम्म पहिलो चरणमा ५ देखि ११ वर्षसम्मका १९ लाख बालबालिकालाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । उनीहरुलाई २ देखि ८ साउनसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लाका बालबालिकालाई भने ५ देखि ११ भदौमा पहिलो डोज र २७ भदौदेखि १ असोजसम्म दोस्रो डोज खोप दिइनेछ । दोस्रो चरणमा १० लाख बालबालिकाले खोप पाउनेछन् । ५ वर्षमाथि र ११ वर्षमुनिका २९ लाख बालबालिकालाई खोप दिइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज