गृहपृष्ठ ∕ समाचार ∕ ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा हेल्थ आवाज आइतवार, २०७९ असार ५ गते, १५:११ मा प्रकाशित तस्विरः ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड—१९ विरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको २२ लाख ३ हजार २ सय डोज फाइजर खोप काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने, ‘आइतबार दिउँसो खोप त्रिभुवन विमानस्थलमा आइपुगेको छ । खोप अभियान चाडै सुरु गरिने भएकाले आजै प्रदेशका खोप भण्डार केन्द्रमा आवश्यक खोप पठाउँछौं ।’ सरकारले ९ देखि १५ असारसम्म पहिलो चरणमा ५ देखि ११ वर्षसम्मका १९ लाख बालबालिकालाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । उनीहरुलाई २ देखि ८ साउनसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लाका बालबालिकालाई भने ५ देखि ११ भदौमा पहिलो डोज र २७ भदौदेखि १ असोजसम्म दोस्रो डोज खोप दिइनेछ । दोस्रो चरणमा १० लाख बालबालिकाले खोप पाउनेछन् । ५ वर्षमाथि र ११ वर्षमुनिका २९ लाख बालबालिकालाई खोप दिइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन