गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी जीवन लामा सोमबार, २०७९ माघ २ गते, १०:३४ मा प्रकाशित चरिकोट—गौरीशंकर गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थामा करार अवधि थप नगरिएको भन्दै तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका–१ जुँगुमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा करारमा रहेका कर्मचारीहरुले तालबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले आफूहरुलाई विभेदपूर्ण ढंगले हटाएको भन्दै तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका र वडाले कर्मचारीमाथि विभेदपूर्ण निर्णय गरेको र निर्णय नसच्याएसम्म तालाबन्दी जारी राख्ने आधारभूत स्वास्थ्य केन्द्रका अहेब अप्सरा बुढाथोकीले बताइन् । सरोकार निकायले करार अवधि थप नगरुन्जेलसम्म केन्द्रमा लगाएको ताला नखोल्ने बुढाथोकीले बताइन् । २०७९ पुस २९ गते पालिकाको निर्णयले अहेब अप्सरा बुढाथोकी, अनमी सृजना खड्का र कार्यालय सहायक राधा खड्का खत्रीको करार अवधि थप नगर्ने निर्णय गरेको गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बसन्त रेग्मीले बताए । त्यहाँ कार्यरत कर्मचारीहरु विगत साढे दुई वर्षदेखि करारमा कार्यरत रहेका थिए । तीन तीन महिनामा करार अवधि थप हुँदै आएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो