गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी करार अवधि थपको माग गर्दै स्वास्थ्यकर्मीले गरे तालाबन्दी जीवन लामा सोमबार, २०७९ माघ २ गते, १०:३४ मा प्रकाशित चरिकोट—गौरीशंकर गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थामा करार अवधि थप नगरिएको भन्दै तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका–१ जुँगुमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा करारमा रहेका कर्मचारीहरुले तालबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले आफूहरुलाई विभेदपूर्ण ढंगले हटाएको भन्दै तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका र वडाले कर्मचारीमाथि विभेदपूर्ण निर्णय गरेको र निर्णय नसच्याएसम्म तालाबन्दी जारी राख्ने आधारभूत स्वास्थ्य केन्द्रका अहेब अप्सरा बुढाथोकीले बताइन् । सरोकार निकायले करार अवधि थप नगरुन्जेलसम्म केन्द्रमा लगाएको ताला नखोल्ने बुढाथोकीले बताइन् । २०७९ पुस २९ गते पालिकाको निर्णयले अहेब अप्सरा बुढाथोकी, अनमी सृजना खड्का र कार्यालय सहायक राधा खड्का खत्रीको करार अवधि थप नगर्ने निर्णय गरेको गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बसन्त रेग्मीले बताए । त्यहाँ कार्यरत कर्मचारीहरु विगत साढे दुई वर्षदेखि करारमा कार्यरत रहेका थिए । तीन तीन महिनामा करार अवधि थप हुँदै आएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न