२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली र सुदूरपश्चिमका ४१ सुत्केरीको हवाई उद्धार

कर्णाली र सुदूरपश्चिमका ४१ सुत्केरीको हवाई उद्धार


जुम्ला – नेपाली सेनाले कर्णाली र सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४१ जना सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतले ४१ सुत्केरी महिलाहरूलाई हेली बाट उद्धार गरेको हो ।

हेडक्वार्टरको अर्धवार्षिक कार्य प्रगति विवरण अनुसार गत साउनयता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना सुत्केरी महिलाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

मेजर रेनु शाहका अनुसार जसमा कर्णालीका २६ र सुदूरपश्चिमका १५ जना रहेका छन् । जसमध्ये कर्णालीका डोल्पाबाट चार, मुगुबाट दुई, दैलेखबाट ६, हुम्लाबाट दुई, रुकुमबाट तीन जना रहेका छन् ।

जुम्लाबाट एक, कालिकोटबाट तीन, जाजरकोटबाट पाँच सुत्केरीको उद्धार गरिएको छ ।

यस्तै सुदूरपश्चिमको बैतडीका एक, डोटीका दुई, डडेलधुराका एक, बाजुराका तीन दार्चुलाका चार र अछामका चार महिलाको हवाई उद्धार गरिएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ