२०८३ कात्तिक ८, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लिला भण्डारी नियुक्त भएका छन् । १० चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई परिषद्को रजिष्ट्रारमा नियुक्त गरेको हो ।

भण्डारी कास्की निर्मलपोखरी—९ का हुन् । १९ फागुनमा भण्डारीलाई स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै निमित्त रजिष्ट्रारको जिम्मेवारी तोकेको थियो ।

११ फागुनमा परिषद्का रजिष्ट्रार पुष्प खनालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो । राष्ट्रपति निर्वाचनका कारण रजिष्ट्रार नियुक्त प्रक्रिया लम्बिने भएपछि भण्डारीलाई कार्यवहाकको जिम्मेवारी दिएर परिषद् पठाइएको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगतै क्याबिनेट बैठकले निमित्त रजिष्ट्रार बनेका भण्डारीलाई नै रजिष्ट्रार नियुक्त गरेको हो ।

उनी यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ