२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा

रात्रीकालीन सेवाको लागि इन्द्रेणी फार्मेसी सञ्चालनमा


चरिकोट—दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित फार्मेसीहरु प्रायः बेलुकी ८,९ बजेभित्र बन्द हुने गर्दछ । बेलुकी सबेरै बन्द भएपछि औषधीको लागि बिरामीहरु अस्पताल अस्पतालमा धाउनुपर्ने बाध्यता हटाउन बुधबारदेखि इन्द्रेणी फार्मेसी सञ्चालनमा ल्याएका छन् ।

चरिकोट बीच बजारमा सञ्चालनमा ल्याएको इन्द्रेणी फार्मेसीमा रात्रीकालीन सेवा दिने जनाइएको छ । एक जना फार्मेसिष्ट फार्मेसीमै रहने र रात्रीकालीन समयमा पनि औषधी उपलब्ध गराउने फार्मेसीका सञ्चालक इन्द्र मोक्तानले बताए । रातिको समयमा औषधी चाहेमा सहज तरिकाले उपलब्ध गराउने सञ्चालक मोक्तानले जानकारी दिए ।

फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध हुने सञ्चालकले बताए । साथै, दीर्घ रोगका बिरामीहरुले नियमित खाने औषधीमा ५–१० प्रतिशतसम्म छुटको व्यवस्था गरिने सञ्चालक मोक्तानले जानकारी दिए ।

फार्मेसी उद्घाटनको अवसरमा आजदेखि केही हप्ताको लागि विशेष छुटको व्यवस्था गरिएको छ । मोक्तानले चरिकोट बजारमै इन्द्र डेण्टल क्लिनिक र थाइराइड डाइगोनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ