२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे

सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे


धनगढी—सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिडेन्टेन्टमा पुनः डा हेमराज पाण्डेयलाई जिम्मेवारी दिइएको छ । आइतबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डा. पाण्डेयलाई मेसु जिम्मेवारी प्रदान गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

गत आर्थिक वर्षको भदाैंमा डा. पाण्डेलाई महाकाली अस्पताल सरुवा गरिएको थियो । डा. पाण्डेको सरुवापछि डा. शेरबहादुर कमरले गत असोजबाट सेतीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टले जिम्मेवारी पाएका थिए ।

डा. पाण्डे महाकाली अस्पताल नगई मुख्यमन्त्री कार्यालयमा हाजिरी गर्दै आएका थिए । मन्त्रालयले डा.पाण्डे सेती प्रादेशिक अस्पतालको वरिष्ठ चिकित्सक भएकाले सो जिम्मेवारी प्रदान गरिएको जनाएको छ ।

यसअघि पनि उनले लामो समेत सेतीको मेसुको जिम्मेवारी सम्हालेका थिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ