२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त

सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त


धनगढी—सुदूरपश्चिम प्रदेशमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को काउन्लिसरमा डा. मिराज आलम अन्सारी नियुक्त भएका छन् । बुधबारबाट सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानको विषयलाई अगाडि बढाउने उद्देश्यका साथ काउन्सिरमा डा. अन्सारीलाई नियुक्त गरिएको बताए ।

‘उहाँलाई सुदूरपश्चिममा स्वास्थ्य अनुसन्धानका विषयलाई अगाडि बढाउने गरी काउन्सिलमा नियुक्त गरिएको हो,’ परिषद्का सदस्यसचिव डा. प्रमोद जोशी भने, ‘गत बुधबार उहाँलाई काउन्सिलरमा नियुक्त गरिएको हो ।’

परिषद्ले सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । यससँगै सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुनेछ ।

केन्द्रमा हुने स्वास्थ्य अनुसन्धानको बिषयलाई प्रदेशबाट नै अगाडि बढाइने स्वास्थ्य अनुसन्धानका सुदूरपश्चिम प्रदेश नवनियुक्त काउन्सिलर डा. अन्सारीले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ