गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप जीवन लामा शुक्रबार, २०८१ माघ २५ गते, १६:१५ मा प्रकाशित चरिकोट—गुम्बामा अध्ययनरत आनी (विद्यार्थी) हरुलाई त्यही पुगेर एचपीभी खोप लगाइएको छ । दोलखाको विगु गाउँपालिका–७ विगुमा अध्ययनरत २३ जना आनी (विद्यार्थी) हरुलाई गुम्बामै पुगेर खोप लगाइएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत आनी (विद्यार्थी)हरुलाई खोप लगाइएका छन् । यही २२ माघदेखि सञ्चालन भइरहेको एचपीभी खोप लगाउने अभियानअन्तर्गत यस टासी छिमे गाछल गु्म्वा आधारभूत विद्यालयमा अध्ययनरत २३ जनालाई अहेब अजय ठाकुर र जीत कुमारी राणा मगरले खोप लगाएको विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने वा विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप अभियानअन्तर्गत यस विद्यालयका (विद्यार्थी) आनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । यस गाउँपालिकामा रहेका ८ वटा वडाहरुमा २२ माघदेखिनै नियमित रुपमा खोप अभियान सञ्चालन भइरहेको छ । उनकाअनुसार यस गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका सात सय ३३ जना छात्राहरु र विद्यालय बाहिरका १९ जना किशोरीहरु रहेको अनुमान गरिएको छ । हालसम्म ६९७ जनालाई खोप लगाइसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन किशोरीहरुको पहिलो महिनावारी उत्सव दोलखामा आँखाका बिरामीले पाए सहुलियतमा शल्यक्रिया सेवा दोलखामा क्यान्सर पीडितको संख्या दुई वर्षदेखि स्थिर धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त मधुमेह कसरी थाहा पाउने, यसबाट कसरी बच्न सकिन्छ ? चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु