२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त

नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त


काठमाडौं—नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त भएकी छन् । कलेज सञ्चालक समितिले डा. नुसरतलाई डाइरेक्टरमा नियुक्त गरेको हो ।

 बुधबार नवनियुक्त डाइरेक्टर डा. नुसरतलाई कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत तथा पदभार गराएका थिए ।

डा. नुसरत जहाँ अन्सारीले कलेजको प्रशासन र मानव संसाधन व्यवस्थापकीय सेवामा योगदान गर्ने अपेक्षा गरिएको छ । उनी यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको एकेडेमिक डाइरेक्टरका रुपमा सक्रिय थिइन् ।


क्याटेगोरी : अन्य, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ