काठमाडौं—पोखरास्थित मणिपाल मेडिकल कलेजले १० महिनामा १ अर्ब ८४ करोड बढीको कारोबार गरेको छ । मणिपालको फाइनान्सियल तथ्यांकअनुसार मणिपालले आर्थिक वर्ष सन् २०२५ मा १ अर्ब ८० करोड ८० लाख रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको हो ।
सन् २०२४ मा मणिपालले १ अर्ब ८८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । मणिपाल मेडिकलले सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो । सन् २०२१ मा मणिपालको वार्षिक कारोबार १ अर्ब ७ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
सन् १९९४ मा नेपाल मणिपाल एजुकेशन एण्ड मेडिकल सूमह प्रा.लि.ले स्थापना गरेको मणिपाल मेडिकल कलेज काठमाडौंको युनिभर्सिटीबाट सम्बन्धन प्राप्त मेडिकल कलेज हो । यो कलेज भारतको मणिपाल ग्लोबल एजुकेशन सर्विस प्रा.लि.ले सञ्चालनमा ल्याएको थियो । अगष्ट २०२१ मा भारतीय समूहले उक्त सेयर नेपालको अटोबेज समूह र बतास समूहलाई बेचेर बाहिरिएको थियो ।
मेडिकल कलेजले पोखरामा ३०० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । उक्त अस्पताललाई ५०० शय्यामा विस्तार गर्ने तयारी व्यवस्थापनको छ । मेडिकल कलेजले एमबीबीएस, बीएस्सी नर्सिङ र पिजीका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
मणिपालमा अटोवेज समूहको ८३ प्रतिशत र बतास समूहको १७ प्रतिशत शेयर स्वामित्व छ ।