२०८२ चैत्र १, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा

नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा


नेपालगन्ज—श्रवण तथा बोलाइ सम्बन्धि समस्याको विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक प्रा.लि.ले नेपालगन्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शनिबार धम्बोजी चोकस्थित बेस्ट फाइनान्स भवनको दोस्रो तल्लमा स्थापना गरिएको क्लिनिकको शाखाको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।

काठमाडौंमा मुख्य कार्यलय रहेको नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक विगत १५ वर्षदेखि श्रवण तथा स्पीच स्वास्थ्य सेवामा सक्रिय रहँदैं आएको छ । करिब ४० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको क्लिनिकको नेपालगन्ज शाखा सुरु भएसँगै नेपालगन्जलगायत पश्चिम नेपालका कान र बोलाइ सम्बन्धि मसस्या भएका बिरामीले सजिलै गुणस्तरीय सेवा पाउने छन् ।

सेवा शुभारम्भ भएको अवसरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने, अडियोलोजिष्ट शैलेन्द्र शाहले बिरामीको निःशुल्क चेक जाँच गरेका थिए ।

साथै, क्लिनिकले विपी आई फाउण्डेसन थिमी, आरुष लाइफस्टाइल अस्पताल पुल्चोक र बीएण्डबी अस्पताल ग्वार्कोलगायतका अस्पतालहरुमा अडियोलोजी सेवा उपलब्ध गराउँदैं आएको छ । नेपालगन्ज शाखामार्फत यहाँका सेवाग्राहीहरुका लागि हियरिङ टेष्ट, हियरिङ एड ट्रायल, फिटिङ, स्पीच थेरापी तथा Cochlear Implant सम्बन्धि सेवा उपलब्ध हुनेछन् ।

आधुनिक उपकरण र विशेषज्ञ प्राविधिक टोलीमार्फत श्रवण तथा बोलाइ सम्बन्धि समस्या भएका व्यक्तिहरुलाई प्रभावकारी उपचार तथा परामर्श सेवा प्रदान गरिने क्लिनिकका अध्यष पुरुषोत्तम भुर्तेलले जानकारी दिए ।

नेपालगन्जमा शाखा विस्तारसँगै सुदूरपश्चिम तथा लुम्बिनी क्षेत्रका सेवाग्राहीहरुलाई गुणस्तरीय श्रवण तथा स्पीच सेवा सहज रुपमा उपलब्ध हुने विश्वास लिइएको छ । श्रवण वा बोलाइ सम्बन्धि समस्या भएका व्यक्तिहरुका लागि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक नेपालगन्ज शाखा विशेषज्ञ सेवा प्राप्त गर्ने विश्वासिलो केन्द्रका रुपमा स्थापित हुने अपेक्षा व्यवस्थापनको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ