२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने

प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने


विराटनगर—प्रथम प्याथोलोजी ल्याबले कोशी प्रदेशको मोरङको विराटनगरमा शाखा सञ्चालनमा ल्याएको छ । बुधबारबाट प्रथमले विराटनगरको रंगेली रोडस्थित शाखाबाट औपचारिक रुपमा सेवा सुरु गरेको प्रथम प्याथोलोजी ल्याबका प्रमुख डा. निराजन मैनालीले जानकारी दिए ।

‘हामीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट सी वर्गको ल्याबको अनुमति लिएर विराटनगरबाट आफ्नो सेवा सुरु गरेका छौं,’ उनले भने । ल्याबमा सी वर्गको प्रयोगशालाबाट प्रवाह हुने सबै परीक्षण सेवाहरु उपलब्ध हुने डा. मैनालीले बताए ।

यसबाहेक प्रथम प्याथोलोजी ल्याबले देशका अन्य चार प्रदेशका प्रमुख चार सहर पर्साको वीरगन्ज, चितवनको भरतपुर, रुपन्देहीको बुटवल र बाँकेको नेपालगन्जमा आफ्ना सेवाहरु विस्तार गर्न तयारी अन्तिम चरणमा पुर्‍याएको छ । ‘देशका अन्य चार ठाउँमा पनि हाम्रा ल्याब तयार भइसकेका छन्,’ उनले थपे, ‘केही महिनामै हामी ती ल्याबबाट सेवा दिन्छौं ।’

प्रथम प्याथोलोजी ल्याबले काठमाडौंको पानीपोखरीमा बी ग्रेडको प्रयोगशाला सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ