२०८३ भदौ १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का

उच्च रक्तचापका कारण प्रतिनिधिसभाको बैठकमै ढले सांसद खड्का


काठमाडौं—प्रतिनिधिसभा बैठक चलिरहेका बेला कांग्रेस सांसद तथा लेखा समितिका सांसद भरत खड्का आफू बसेकै कुर्सीमा अचानक लडेका छन् । बिहीबार संसद बैठकमा रास्वपा सांसद सोम शर्मा बोलिरहेकै बेला खड्का ढलेका हुन् ।

त्यसपछि सभामुखले शर्मालाई बोल्न रोकेर केही समय सदनको कारवाही स्थगित गरेका थिए ।

सांसद खड्का उच्च रक्तचापका कारण चक्कर आएर कुर्सीबाट ढलेको बताइएको छ । उनको रक्तचाप १६० पुगेको संसद सचिवालय स्रोतले जनाएको छ ।

खड्कालाई प्राथमिक उपचारपछि अस्पताल लगिएको छ । डोटीबाट निर्वाचित सांसद खड्का सार्वजनिक लेखा समितिका सभापति हुन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ