२०८३ मंसिर १३, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ किष्ट र भारतको मेदान्तबीच एक वर्षे सहकार्य पूरा

किष्ट र भारतको मेदान्तबीच एक वर्षे सहकार्य पूरा

मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी विशेषज्ञ ज्ञान र अनुभव आदान-प्रदान


काठमाडौं—किष्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित संस्था मेदान्त गुरुग्रामबीचको चिकित्सकीय विशेषज्ञता र उपचार सेवा सम्बन्धी सहकार्यको एक वर्ष पूरा भएको छ । शुक्रबार सहकार्य एक वर्ष पुगेको अवसरमा काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक समारोह र निरन्तर चिकित्सा सिकाई (सिएमई)को आयोजना गरिएको थियो ।

‘रिसेन्ट एडभान्स इन कार्डियाक सर्जरी एण्ड चेष्ट सर्जरी’ विषयमा केन्द्रीत सिएमईमा विशेषज्ञ चिकित्सकहरुबीच ज्ञान, सीप र अनुभव आदान—प्रदान गरिएको थियो । कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्त ग्रुप अफ हस्पिटल्सका अध्यष एवं प्रबन्ध निर्देशक पद्यभूषण डा. नरेश त्रेहान अतिथी तथा प्रमुख वक्ताका रुपमा सहभागी थिए । उनले ‘एआई इन कार्डियाक केयर’ विषयमा आफ्नो विशेषज्ञ प्रस्तुती दिएका थिए ।

त्यसैगरी, मेदान्त इन्टिच्युट अफ चेष्ट सर्जरीका अध्यक्ष डा. अरविन्दकुमारले ‘चेष्ट सर्जरीः अ भिडियो ओभरभ्यू’ विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वास्थ्य मन्तव्य राखेका थिए । प्रा.डा. रमेश कोइराला र डा. सम्पूर्णमान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

किष्ट शिक्षण अस्पताल र मेदान्तबीचको एक वर्षे सहकार्यले नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय विशेषज्ञताको पहुँचसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ । यस सहकार्यमार्फत बिरामीले किष्ट शिक्षण अस्पतालबाट मेदान्तका अनुभवी विशेषज्ञ चिकित्सकसँग सेकेण्ड मेडिकल ओपनियन तथा टेलिमेडिसिन कन्सल्टेसन प्राप्त गर्न सक्ने सुविधा रहेको अस्पतालले जनाएको छ । यसले जटिल स्वास्थ्य समस्यामा विशेषज्ञ परामर्श प्राप्त गर्न समय, खर्च तथा विदेश यात्राको झन्झट न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास किष्टको छ ।

किष्ट शिक्षण अस्पतालले आफ्नो आफ्नो विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक उपचार पूर्वाधार तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यलाई थप सुदृढ बनाउँदै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ अघि बढिरहेको छ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ