२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटनेपालगञ्ज मेडिकल कलेज र शाइन रेसुंगा बैंकबीच उपचार छुट सम्झौता

नेपालगञ्ज मेडिकल कलेज र शाइन रेसुंगा बैंकबीच उपचार छुट सम्झौता


रुपन्देही—शाइन रेसुंगा डेभलपमेण्ट बैक लि. र बाँकेको नेपालगञ्ज मेडिकल कलेजबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार शाइन रेसुंगा डेभलपमेण्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउँदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने छन् ।

मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जाँच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शुल्कमा १० प्रतिशत छुट दिनेछ । सम्झौता पत्रमा शाइन रेसुंगा डेभलपमेण्ट बैक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.सुरेशकुमार कनौडियाले बुधबार हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती भएसँगै शाइन रेसुंगाले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधासहित अन्य सेवा थप्दै जाने नीतिअनुसार नेपालगञ्ज मेडिकल कलेजसँग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए ।

प्रदेश ५ का १० जिल्लामा मात्रै बैंकका तीन लाख ८१ हजार जना ग्राहक छन् । प्रदेश ५ मा सबैभन्दा धेरै ग्राहक संख्या भएको प्रदेशको पहिलो राष्ट्रियस्तरको बैंकसँग सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक कनौडियाले बताए ।


क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ