२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा थपिए १३९६ संक्रमित

गण्डकी प्रदेशमा थपिए १३९६ संक्रमित


पोखरा – गण्डकीमा प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेका तथ्यांक अनुसार गण्डकीमा १ हजार ३९६ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये कास्की जिल्लामा दोस्रो लहरकै सबैभन्दा बढी ८५६ थपिएका छन् ।

कास्कीमा पछिल्लो २४ घन्टामा १ हजार ४४४ जनाको पिसिआर जाँच गरिएको थियो, जुन प्रतिशतमा ५९.२७९ प्रतिशत हुन आउँछ ।नवलपरासी पूर्वका ५४, स्याङ्जाका ५९, बागलुङका ५३, तनहुँका ६१, लमजुङका २८, गोरखाका ६०, पर्वतका १६७ र मुस्ताङका २ जना छन् ।

मनाङमा भने नयाँ संक्रमित नभेटिएको निर्देशनालयले जनाएको छ । २ हजार ३३९ पिसिआरजाँच मध्ये १ हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या प्रतिशतमा ५९.६८३ हुन आउँछ ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४८ पुगेको छ । निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कास्कीको पोखरा महानगर वडा नं. २५ का ६८ वर्षीय पुरुष, तनहुँको व्यास नगरपालिका १की ६० वर्षीया महिला, पर्वत जिल्लाको कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष छन् ।

यस्तै, पर्वतकै जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ३२ वर्षीय पुरुष छन् । उनीहरुको वैशाख २३ गते निधन भएको हो । म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुष र दाङको लमही नगरपालिका ५ की ४४ वर्षीय महिलाको पनि कोरोना संक्रमणकै कारण शुक्रबार निधन भएको छ ।

कोरोना संक्रमित थपिँदै गर्दा संक्रमणमुक्त हुनेको संख्या पनि बढिरहेको छ । गण्डकीका कूल संक्रमित २२ हजार २५६ मध्ये १७ हजार ३८८ जना कोरोनामुक्त भएका छन् ।

त्यसमध्ये पछिल्लो २४ घन्टामा ८६ जना कोरोनामुक्त भएका हुन् । कोरोनासंक्रमितमध्ये ४ हजार ४०८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

 


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ