२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशजिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल

जिपीमा पहिलोपटक मलद्वार फाटेको शल्यक्रिया सफल


पोखरा –  जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पहिलोपटक मध्यम जटिल प्रकारको शल्यक्रिया गरिएको छ । गत बुधबार मलद्वार फाटेको एक महिला बिरामीको सफल शल्यक्रिया भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

शुक्लागण्डकीकी ६७ वर्षीया ती महिलाको सर्जन डा. परिवर्तन बराल, एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र अन्य ३ जनाको टोलीले सफल शल्यक्रिया गरेको हो ।

सर्जन डा. बरालले भने, ‘ती महिलामा सुगर र प्रेसरको समस्यासमेत रहेकाले शल्यक्रिया जटिल खालको हो, तर चिकीत्सकीय दृष्टिले इन्टरमेडियटमा राखिन्छ ।’ केन्द्रमा सामग्री व्यवस्थापन भए जटिल शल्यक्रियासमेत गर्न सकिने उनको भनाइ थियो ।

केन्द्रमा यसअघि नै माइनर खालका शल्यक्रिया भइरहेका थिए । उनले भने,‘पर्याप्त जनशक्ति त अझै पनि छैन, तर पनि सामग्री भएमा हालको जनशक्तिबाट जटिल शल्यक्रिया सेवा सञ्चालन गर्न सकिने अवस्था छ ।’

केन्द्रमा १० देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन भइरहेको छ । अन्य सेवाका लागि आवश्यक जनशक्ति थप गर्न प्रक्रिया सुरु हुन लागेको डा. बरालले बताए । यसअघि स्वास्थ्यकर्मी माग गरिएको भए पनि रेडियोलोजिस्टका लागि एउटा पनि आवेदन नपरेको उनको भनाइ थियो ।

केन्द्रमा अब सोमबार र बिहीबार नियमित रुपमा माइनर र इन्टरमेडियट खालका शल्यक्रिया हुने सर्जन डा. बरालले जानकारी दिए । उनका अनुसार बिरामीको शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्न थालेपछि बार तोकेर सेवा दिन थालिएको हो । शल्यक्रिया गरिएकी महिला शुक्रबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ