२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशमणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क

मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क


पोखरा -मणिपाल मेडिकल कलेज खरिद बिक्रीपछि उपदान र कल्याणकारी कोषको रकममा कर्मचारी युनियनको ध्यान गएको छ । अस्पताल बिक्री भएपछि मणिपाल कर्मचारी युनियन समन्वय समिति तथा वार्ता कमिटीले उपदान र कल्याणकारी कोषको रकम कर्मचारीले तुरुन्त फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

मणिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन र अखिल नेपाल स्वास्थ्यकर्मी संघले आइतबार संयुक्त विज्ञप्ति जारी उक्त माग राखेका हुन् ।

कलेज खरिद बिक्रीबारे नागरिक समाज पोखराले चासो व्यक्त गरेको छ । ‘जनचासो यो छ कि अहिले जसले शिक्षण अस्पताल किन्नु भएको भनिएको छ, के उहाँहरु यो बाँकी अवधिपछि शिक्षण अस्पतालको स्वामित्व सरकारलाई हस्तान्तरण गर्न प्रतिबद्ध हुनुहुन्छ ?,’नागरिक समाजका प्रवक्ता गोकुलबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग भएको सम्झौताअनुसार अस्पतालले सस्तो तथा सुलभरुपमा स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले जुन प्रतिशतमा नेपाली विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ, त्यो नयाँ स्वामित्व र व्यवस्थापनले उपलब्ध गराउन प्रतिबद्ध छ कि छैन ?’

भारतीय लगानीकर्ताले छाडेपछि मेडिकल कलेज सरकारको हुनुपर्ने र समयावधि नसकिँदै कलेज किनबेच हुनसक्ने तर्क उठ्न थालेका छन् । कतिपयले सम्झौतामा मणिपाल ४९ वर्षअवधि पूरा नहुँदै बिक्री गर्न नपाइने कुरा सम्झौतामा नभएको जिकीर गरिरहेका छन् ।

मणिपालले ४० रोपनीमा अस्पतालको मुख्य भवन बनाइएको छ । २९ वर्ष मणिपालले भोग गरिसकेको र अब २० वर्ष नयाँ लगानीकर्ताले उपयोग गर्न पाउने त्यसपछि निजी जग्गामा रहेको भवनबाहेक अरु छोडेर पनि अघि बढ्न सकिने पक्षमा नयाँ लगानीकर्ता देखिएका छन् ।

मनिपाल खरिद–बिक्रीमा केन्द्रदेखि स्थानीय सरकारसम्म कसैलाई पनि जानकारी नभएको बताइन्छ । अस्पताल भएको जग्गा मणिपालकै नाममा भएकाले नयाँ लगानीकर्ता भने ढुक्क छन् । सरकारसँग भाडामा लिएको जग्गा भने करार अवधि सकिएपछि फिर्ता गरिदिने नयाँ लगानीकर्ताले बताउन थालेका छन् ।

मणिपाल खरिद बिक्रीमा केही राजनीतिक दलका नेताले फेसबुकमा स्टाटस लेखेपछि औपचारिक, आधिकारिक वा संस्थागत धारणा बाहिर ल्याएका छैनन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ