२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग

लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग


पोखरा—गण्डकी प्रदेश लोकसेवा आयोगले गोरखापत्रमा सूचना प्रकाशित गरी साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी माग गरेको छ । आयोगले खुला, महिला, आदिवासी, जनजाति, मधेशी कोटामा आवेदन माग गरेको छ । आयोगले सबैभन्दा बढी अहेब माग गरेको छ ।

आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत स्वास्थ्य सेवाका विभिन्न पदहरुमध्ये अहेबमा सबैभन्दा बढी पदमा विज्ञापन गरेको छ । अहेबमा खुला १७२, महिला ५२, आदिवासी जनजातिमा ३६, मधेशी २४, दलित १३ कोटा गरी कुल २९७ पदमा आवेदन माग गरेको छ ।

अनमीका लागि खुला १३०, महिला ४६, आदिवासी जनजाति ३०, मधेशी १४, दलित ६ गरी २२६ पदमा आवेदन माग गरेको छ । मेडिकल अधिकृत स्वास्थ्य जनरल हेल्थ सर्भिसेजका लागि खुला ९ र महिला १ गरी १० पदमा आवेदन माग गरिएको छ भने वैद्य स्वास्थ्य आयुर्वेदका लागि खुलामात्रै ७ पदमा आवेदन माग गरेको छ । ल्याब असिस्टेन्ट पदमा खुलातर्फमात्रै ९ जनालाई रोजगारको अवसर छ ।

यसैगरी, प्रदेश निजामती सेवाका स्वास्थ्य सेवाका विभिन्न पदहरुमध्ये अहेबका लागि खुला ४ पदका लागि आवेदन माग गरेको छ भने समावेशीतर्फ महिला, आदिवासी जनजाति, मधेशी, दलित कोटामा १/१ पदका लागि आवेदन माग गरिएको छ । अनमीका लागि खुला ४, महिला, आदिवासी जनजाति, मधेशी, दलित कोटामा १/१ गरी कूल ८ पदका लागि आवेदन माग गरिएको छ । ल्याब असिस्टेन्टतर्फ खुला १ र महिला १ कोटाका लागि आवेदन माग गरिएको छ भने वैद्यका लागि महिला १ र खुला १ पदका लागि आवेदन माग गरेको छ । मेडिकल अधिकृत पदका लागि खुलातर्फ २ र महिलाका लागि १ पदमा आवेदन माग गरिएको छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । असोज १९ सम्म र डबल दस्तुर तिरेर असोज २६ सम्म आवेदन दिन सकिनेछ ।

कहिले हुन्छ परीक्षा ?

प्रदेश निजामती सेवाका खुला तथा समावेशी प्रतियोगिताका लागि २६ कात्तिकदेखि ५ मंसिर ५ गतेसम्म कार्यतालिका तोकिएको छ । आयोगले मेडिकल अधिकृत, स्वास्थ्य, जहेस, आठौंको परीक्षा २६ कात्तिक, वैद्य, स्वास्थ्य आयुर्वेद जनरल आयुर्वेद चौंथोको १ मंसिर, ल्याब असिस्टेन्ट, स्वास्थय, मे.ल्या.टे, ज, मे, ल्या.टे, चौंथोको ३ मंसिर, अनमी, स्वास्थ्य, पब्लिक हेल्थ, नर्सिङ चौथोको ४ मंसिर र अहेब, स्वास्थ्य हे.ई, चौथोको ५ मंसिरमा परीक्षा तोकेको छ ।

यस्तै स्थानीय सरकारी सेवाअन्तर्गत स्वास्थ्य सेवाका खुला तथा समावेशी कोटाका परीक्षा मंसिर १२ देखि २५ सम्म तोकेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ