२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्वास्थ्य निर्देशनालयको आयोजनामा हाजिरीजवाफ र फुटसल प्रतियोगिता हुने

स्वास्थ्य निर्देशनालयको आयोजनामा हाजिरीजवाफ र फुटसल प्रतियोगिता हुने


पोखरा—गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा २४ चैतमा अन्तरकलेज हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे निर्देशनालयले तयारी गरिरहेको छ ।

स्वास्थ्यसँग सम्बन्धित कलेजहरुबीच हाजिरीजवाफ गर्न लागिएको निर्देशनालयले जनाएको छ । प्रतियोगितामा कास्की जिल्लाभित्रका स्वास्थ्य विषय अध्यापन गराउने संस्थाहरुबाट १/१ समूहले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा १० समूह सहभागी हुने अनुमान गरिएको निर्देशनालयका सूचना अधिकारी नवराज शर्माले बताए । उनले यस प्रकारको कार्यक्रम प्रदेशले पहिलोपटक कास्कीमा गर्न लागेको हो । यसपछि क्रमसः अन्य जिल्लामा पनि गर्ने र प्रदेशस्तरीय कार्यक्रम गर्ने योजना रहेको बताए ।

प्रतियोगिता मणिपाल शिक्षण अस्पतालको सभाहलमा सञ्चालन हुनेछ । सोही दिन बिहान सात बजे वाल्क द टक र बेलुका ५ बजे स्वास्थ्यमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाका कर्मचारीबीच फुटसल सञ्चालन गरिने भएको छ ।
प्रतियोगितालाई डब्लुएचओ इमर्जेन्सी गण्डकी, नेपाल विकास समाज, गोर्खा वेलफेयर ट्रस्ट, कोसिस, सुआहारा, एमटिएच, नेलम्बोलगायत संस्थाहरुले सहयोग गर्नेछन् ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ