२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरा महानगरपालिकाले माग्यो ३५ स्वास्थ्यकर्मीसहित ४७ जना कर्मचारी

पोखरा महानगरपालिकाले माग्यो ३५ स्वास्थ्यकर्मीसहित ४७ जना कर्मचारी


काठमाडौं—पोखरा महानगरपालिकाले ३५ जना स्वास्थ्यकर्मी माग गरेको छ । १२ बैशाखमा पोखरा महानगरपालिकाले पदपूर्ति सम्बन्धि विज्ञापन गर्दै ३५ स्वास्थ्यकर्मीसहित ४७ जना कर्मचारी माग गरेको हो ।

महानगरपालिकाले १ जना स्त्री तथा प्रसुति रोग विशेषज्ञ नवौं तह, ७ जना मेडिकल अधिकृत आठौ तह, ३जना हेल्थ असिस्टेन्ट पाँचौ तह माग गरेको छ । यसैगरी, ५ जना स्टाफ नर्स पाँचौ तह, २ जना कविराज पाँचौ तह, १ जना रेडियोग्राफर पाँचौ तह, २ जना फार्मेसी सहायक पाँचौ तह, १ जना एनेस्थेसिया सहायक पाँचौ तह, ५ जना अहेब सहायक चौथो तह, ४ जना ल्याब असिस्टेन्ट चौथो तह र ४ जना अनमी सहायक चौथो तहका लागि आवेदन माग गरेको छ ।

यसैगरी, १ जना कम्प्युटर अपरेटर सहायक पाँचौ, १ जना सहायक कम्प्युटर अपरेटर सहायक चौथो र १० जना कार्यलय सहयोगी श्रेणीविहीनका लागि पोखरा महानगरले आवेदन गरेको हो । महानगरले यो सबै जनशक्ति करारमा पदपूर्ति गर्न लागेको हो ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ