२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशकेएमसीको सहयोगमा पर्वत, स्याङ्जा र म्याग्दीमा पालिकास्तरीय निःशुल्क स्वास्थ्य शिविर

केएमसीको सहयोगमा पर्वत, स्याङ्जा र म्याग्दीमा पालिकास्तरीय निःशुल्क स्वास्थ्य शिविर


पोखरा—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले स्याङ्जाको पुतलीबजारमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ६ सय ५० जनाले सेवा लिएका छन् ।

पुतलीबजारको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पुतलीबजारको प्रांगणमा भएको शिविरमा १ सय १६ जनाको इसिजी, २ सय ३० जनाको ल्याब परीक्षण र २ सय ४० जनाको भिडियो एक्सरे, ९५ जनाको इको, ७५ जनाको दाँत खोलिएको पुतलीबजार नगर स्वास्थ्य शाखाले जनाएको छ ।

यसअघि २७ चैतमा केएमसीको स्वास्थ्य टोलीले पर्वतको विहादी गाउँपालिकास्थित नेपाल तारा माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा २ हजार ४ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा १ सय ८० जनाको इसीजी, २१५ जनाको ल्याब परीक्षण र १९५ जनाको भिडियो एक्सरे, ८५ जनाको इको, १०१ जनाको दाँत खोलिएको थियो । पुतलीबजारबाट ८५ र विहादीबाट १ सय ५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । रिफर गरिएकाको निःशुल्क उपचार हुने बताइएको छ ।

यसअघि म्याग्दीको बाबियाचौरमा २५ सय ५६, बागलुङको नारायणस्थानमा २ हजार २ सय ४०, बागलुङको बडिगाडमा १ हजार ९ सय ५० जनाले विभिन्न १२ क्षेत्रको उपचार सुविधा लिएका थिए । २९ चैतमा तनहुँको भीमादमा सोही प्रकृतिको शिविर सञ्चालन भइरहेको छ । भीमादको सातौं स्थानको शिविरसँग यस चरणको निशुल्क शिविर गण्डकीबाट सकिने बताइएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै अर्का व्यवस्थापक मदनलाल श्रेष्ठले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ