२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकी प्रदेशमा अब छुट्टै स्वास्थ्य मन्त्रालय

गण्डकी प्रदेशमा अब छुट्टै स्वास्थ्य मन्त्रालय

७ मन्त्रालय रहेकामा २ वटा थप गरेर ९ मन्त्रालय बनाइयो


काठमाडौं—गण्डकी प्रदेश सरकारले दुई वटा मन्त्रालय थप गर्ने निर्णय गरेको छ । मंगलबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको बैठकले स्वास्थ्यसहित दुई मन्त्रालय थप्ने निर्णय गरेको हो ।

यसअघि गण्डकीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय थियो । अब सामाजिक विकास र स्वास्थ्य अलग—अलग मन्त्रालय हुनेछन् । यसैगरी, गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय छुट्याएर अलग्गै मन्त्रालय बनाइएको छ ।

यससँगै गण्डकी प्रदेशमा यसअघि रहेको ७ मन्त्रालय रहेका थिए । अब दुई मन्त्रालय थपिएसँगै गण्डकीमा मन्त्रालयको संख्या ९ पुगेको छ ।

नयाँ गठबन्धन बनेसँगै भागबण्डा पु¥याउनका लागि मुख्यमन्त्री अधिकारीले दुई मन्त्रालय थपेका हुन् । यसअघि मुख्यमन्त्री हुँदा उनले गण्डकीमा प्रदेशमा १२ मन्त्रालय रहेकामा त्यसलाई घटाएर ७ मन्त्रालयमा झारेका थिए ।

तर, सरकार गठन र विश्वासको मत लिँदा भागबण्डा पु¥याउनुपर्ने भएपछि उनी आफ्नो पूर्ववत निर्णयलाई बाइपास गरेर मन्त्रालय थप गर्ने निर्णयमा पुगेका हुन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ