२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यछालाको चाउरीपनबाट कसरी बच्न सकिन्छ ?

छालाको चाउरीपनबाट कसरी बच्न सकिन्छ ?


सुन्दरता आखिर कसको चाहना नहोला र ? छालाको चमक बढाउन तथा चाउरीपन हटाउनको निमित्त धेरैले उपाय स्वरुप विभिन्न औषधी तथा कस्मेटिक सामाग्रीहरुको प्रयोग गर्ने गर्छन् । तर, रसायनयुक्त त्यस्ता सामाग्रीले छालालाई क्षणिक चमक मात्रै प्रदान गर्छ । कालान्तरमा गएर यसका विभिन्न नकारात्मक असरहरु देखा पर्न थाल्छ ।

यस अर्थमा भन्नुपर्दा स्वस्थ एवं चमकदार छाला हाम्रो दैनिक गतिविधि र परिणामहरुको उपज पनि हो । यो हामीले खाने हाम्रो खानपिन र स्याहार सुसारमा पनि भर पर्दछ । यसरी छालालाई प्राकृतिक रुपमा स्वस्थ्य राखी पछि गएर कालान्तारमा केही नकारात्मक असर पनि देखा नपरोस् भन्नका निम्ति हामीलाई घरेलु उपचार तथा हेरचाहको आवश्यकता पर्दछ । तसर्थ, छालामा सदैव चमक कायम राखिरहनको निमित्त हामीले निम्न अपायहरु अपनाउन सकिन्छः

१. सुर्यको किरणबाट बच्ने

घामको किरण हामी मानव जीवनको निमित्त अति नै आवश्यक तत्वमध्ये एक हो । यसबाट भिटामिन डी पनि पाइने भएकोले यो हाम्रो स्वास्थ्यसँग पनि सम्बन्धित रहन्छ । घामले हाम्रो शरीरमा चाहिने अन्य तत्वहरु पनि प्रदान गर्ने भएकोले यसलाई उपयोगी पनि मानिन्छ । तर, सही तरिकाबाट घामको उचित उपभोग गर्न नजान्दा भने यसले हाम्रो शरीरमा नकरात्मक असर पु¥याउँछ । हामीले घाम ताप्दा सुर्यको किरणलाई सिधै हाम्रो छालामा पर्न दिनु हुँदैन । यसको निम्ति हामीले घाममा निस्कदा घालालाई ढाक्ने कपडा तथा सलको प्रयोग गर्नुपर्छ भने घामबाट जोगाउने क्रिमको पनि प्रयोग गर्न सकिन्छ ।

२. पर्याप्त सुत्ने

कम निन्द्रा पनि छिट्टै छाला चाउरिनुको कारणमध्ये एक हो । यो पनि हाम्रो स्वास्थ्य तथा सौन्दर्य दुवै पक्षसँग जोडिएको हुन्छ । त्यसैले हामीले दैनिक ७ देखि ८ घन्टा पर्याप्त निदाउनु आवश्यक हुन्छ । यसले शरीरलाई स्फूर्त राख्नुको साथै तपाईंको मुहारको चमक पनि कायम राखिराख्छ ।

३. सालमोनको अत्याधिक प्रयोग

चिसो पानीमा रहने माछाको प्रयोगले पनि हाम्रो छालामा चमक ल्याउन मद्दत पु¥याउँछ । प्रोटिनको उपयुक्त स्रोत मानिने यसले छालालाई सुन्दर तथा मुलायम बनाई राख्छ । यसमा ओमेगा फ्याट ३ पनि पाइने भएकाले पनि यसले छाला चाउरीनबाट जोगाउँछ ।

४. चश्माको प्रयोग

यदि तपाइको आँखा कमजोर छ र पढ्ने समयमा तपाई राम्ररी देख्नु हुन्न भने तपाईंले यसबाट चाउरीपन नहोस् भन्नका लागि मात्रै भएपन चश्माको प्रयोग गर्नुपर्छ । यस्तै तपाईं कहिँ घाममा बाहिर निस्कदै हुनुहुन्छ भने पनि तपाईंले चश्माको प्रयोग गर्नुपर्ने हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनका अनुसार हाम्रो आँखाले केही वस्तु राम्ररी देख्न नसक्दा हामी उक्त वस्तुलाई हेर्नको निम्ति आँखालाई जोड दिने गर्दछौं । जसकारण हामी हाम्रो निधार खुम्चाउँछौ । लगातार गरिने यस्तो बानीको कारण हाम्रो निधारमा चाउरीपनको रेखी नै बस्न जान्छ । जसकारण पनि ब्यक्तिको छालामा छिट्टै नै चाउरीपन देखा पर्दछ ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ