गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यानमा मास्क नलगाएर हिड्ने ६७ जनालाई कारवाही सल्यानमा मास्क नलगाएर हिड्ने ६७ जनालाई कारवाही चन्द्रा कँडेल आईतबार, २०७७ असार २८ गते, १०:०६ मा प्रकाशित सल्यान – सल्यान प्रहरीले मास्क नलगाएर हिड्नेलाई कारबाही गर्न सुरु गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आवश्यक सावधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने ब्यबस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । शनिबारमात्रै सल्यानमा मास्क नलगाएर यात्रा गर्ने ६७ जनालाई कारवाही गरिएको छ । जिल्लाको श्रीनगर, थारमारे, लुहाम र कपुरकोट क्षेत्रमा गरेर मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । मास्क नलगाउनेलाई कारवाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उनको भनाई छ । जसमा श्रीनगरमा ३४ जना, थारमारेमा १२ जना, लुहाममा १६ जना र कपुरकोटमा ४ जना कारवाहीमा परेका छन् । मास्क नलगाउनेहरुबाट ६ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको छ । अति आवश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन र यदि कसैलाई घर बाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए My Journey Against Myeloma त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला वरिष्ठ बाल रोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन, जसले भेरी अस्पतालमै २४ वर्ष बिताएका थिए My Journey Against Myeloma त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९