२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदोस्रोपटक कोरोना शून्य बनेको जुम्लामा ३९ संक्रमित

दोस्रोपटक कोरोना शून्य बनेको जुम्लामा ३९ संक्रमित


जुम्ला –  दोस्रोपटक कोरोना संक्रमण शून्य भएको जुम्लामा मानवीय त्रुटीका कारण संक्रमण बढ्दै गएको छ । मास्क प्रयोग नगर्ने, सामाजिक तथा भौतिक दुरी कायम नगर्ने र भिडभाड गर्ने जस्ता मानवीय त्रुटीका कारण दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको हो ।

१२ साउनमा पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी, १४ असोजमा सबै संक्रमित निको भएपछि दोस्रोपटक जुम्लामा संक्रमण  शून्य भएको हो ।

यहाँका सर्वसाधरणदेखि उच्च पदका सांसद, मेयर, सिडिओ, डिएसपी, चिकित्सक सबै कोरोना संक्रमित भइसकेका छन् । तर कोरोना संक्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञा जस्ता कार्य गर्दा आलोचना खेप्नु पर्ने अवस्था छ । कोरोना नियन्त्रण तथा रोकथाममा प्रहरी प्रशासन, स्वास्थ्यकर्मीलाई एक्लो बनाउने र असहज बनाउने प्रवृतिले संक्रमण अझै बढ्ने स्थिति देखिएको छ । यसमा मानव नै संवेदनशील हुनुको विकल्प देखिदैन ।

गएको चैतदेखि  जुम्लाको संक्रमित हुनेको संख्या भने २ सय ९७ पुगेको छ । आइतबारसम्म ३९ जना सक्रिय संक्रमित रहेका छन् ।
२ सय ५८ जना निको भएर घर फर्किसेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने सक्रिय संक्रमित १३ जना संस्थागत आइसोलेसनमा २६ जना होम आइसोलेसनमा रहेका छन् ।
चाँडपर्वमा जो जहाँ छ त्यही रहनु

नेपालीको महानपर्व दशैं तिहार नजिकिदै गर्दा चाँडपर्वमा जो जहाँ छ, त्यही रही अनावश्यक जमघट र यात्रा नगरी आफ्नै परिवार बीच मात्रै रमाउन स्थानीय प्रशासनले अपिल गरेको छ । त्यसैगरी जिल्लाभित्र कुनै मिला, जात्रा, महोत्सव, खेलकुद, तथा अनावश्यक भिडभाड नगर्न पनि सुचित गरेको छ ।  चाँडवर्पमा सामान किनमेल गदौ भौतिक दुरी कायम गर्नेदेखि माक्स, स्यानिटाइजर प्रयोग गरी स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ ।

बेलुका ८ बजेपछि मदिरा विक्रीवितरण गर्न नपाइने

बेलुका ८ बजेपछि मदिरा तथा मदिराजन्य पदार्थ विक्रीवितरण, सेवन गर्न पाईने छैन । स्थानीय प्रशासनले भनेको छ, मदिराजन्य पदार्थ सेवन गरी हिडेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।

त्यस्तै, जुवा, तास, सवारीसाधनमा क्षमताभन्दा बढी चढाउने, बढी भाडा असुल्ने र मदिरा सेवन गरी सवारी साधन चलाउने, यात्रुलाई अभद्र व्यवहार गर्ने, गन्तव्यसम्म नपुर्याउने, सडकअवरुद्ध गरी पार्किङ गर्नेलाई पनि कानूनी कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ