२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु प्रशासनमा स्तनपान कक्ष र शौचालय निर्माण

मुगु प्रशासनमा स्तनपान कक्ष र शौचालय निर्माण


सुर्खेत – मुगुका स्थानीय सरकारद्वारा  जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष र शौचालय निर्माण भएको छ । मुगुका चारवटा स्थानीय तहले प्रशासन कार्यालयमा पर्खाल निर्माणदेखि स्तनपान र विश्राम कक्ष स्थापना गर्नुका साथै सेवाग्राहीलाई आरामका लागि टिभी समेत जडान गरेका हुन् ।

यसअघि हिंसा प्रभावित महिला तथा बाल-बालिकाको आश्रयका लागि कुनै पनि कक्ष स्थापना भएका थिएनन् । जसले गर्दा सेवाग्राही र कर्मचारीका बालबच्चाले समेत स्तनपान गराउन समस्या भएको थियो । स्तनपान कक्ष स्थापना भएपछि अब सेवाग्राहीलाई परामर्श दिनुका साथै सम्बन्धित शाखा अधिकारीसँग सम्पर्क गर्न र छिटो–छरितो सेवा प्रवाह गर्न सहज हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीका अनुसार स्तनपान कक्ष र सेवाग्राहीका लागि विश्राम कक्ष निर्माण गर्न खत्याड गाउँपालिकाले चार लाख २० हजार रुपैयाँ सहयोग गरेको छ ।

यस्तै, सोरु गाउँपालिकाले डिजिटल बोर्ड, टिभी र वाटर डिस्पेन्सेरका लागि तीन लाख २० हजार, र मुगुम कार्मारोङ गाउँपालिकाले महिला र पुरुषको छुट्टाछुट्टै शौचालय भवन र पर्खालका लागि चार लाख ३७ हजार रकम सहयोग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष र महिला–पुरुष छुटाछुटै शौचालय स्थापना भएपछि सेवाग्राहीलाई पनि सहज भएको उनले बताए । ‘स्थानीय तहको सहयोगकै कारण कार्यालयको सेवा प्रवाहमा सहजता आएको छ’ ,उनले भने, ‘स्तनपान कक्षले सेवाग्राही सुत्केरी महिलालाई मात्रै नभई दुध खाने बच्चा भएकी कर्मचारी महिलामा पनि सहज भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ