२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा वैकल्पिक माध्यमबाट दिइने विशेषज्ञ सेवा प्रभावकारी बन्दै

कर्णालीमा वैकल्पिक माध्यमबाट दिइने विशेषज्ञ सेवा प्रभावकारी बन्दै


सुर्खेत – स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा वैकल्पिक माध्यमबाट दिइने चिकित्सकीय सेवा प्रभावकारी बन्दै गएको छ । जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित नागरिकहरूलाई लक्षित गरी कर्णालीमा टेलिमेडिसिन सेवा दिन थालिएको हो ।

वैशाख ७ गतेदेखि प्रदेश अस्पताल सर्खेतबाट यो सेवा दिन थालिएको हो । अहिले यो सेवा दिन कर्णाली प्रदेश अस्पतालसँग ४ जिल्लाका ८ वटा स्थानीय तह जोडिएका छन् । भने, हालसम्म ८ सय ४७ जनाले यो सेवा लिएको प्रदेश अस्पतालका टेलिमेडिसिन अपरेटर नरेन्द्र चन्दले जानकारी दिए । जसमध्ये कोरोना भाइरस समबन्ध ४ सयले परामर्श लिएको र ४ सय ४७ जनाले अन्य समस्याबारे सेवा लिएको उनको भनाई छ । अडियो भिडियो दुबै माध्यामबाट विषशेज्ञ सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सञ्चालन गरीएको हो ।

टेलिमेडिसिन सेवा सञ्चालनका लागि प्रदेश अस्पतालमा अपरेटर कक्ष बनाइएको छ । त्यहाँ टेलिमेडिसिन अपरेटरको व्यवस्था गरिएको छ । कर्णाली कियर सफ्टवेयरको माध्यमबाट टेलिमेडिसिन सेवा दिइन्छ । दुर्गम ठाउँका स्वास्थ्य संस्थामा ओपीडी सेवाका लागि आएका बिरामीहरूको त्यहाँ उपचार हुुन नसकेको अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको हिस्ट्री लेखेर पठाउँछन् ।

सोहीको आधारमा अपरेटरले सम्बन्धित विशेषज्ञ चिकित्सकलाई जानकारी गराउँछन् र चिकित्सक र बिरामी तथा स्वास्थ्यकर्मीसँग प्रत्यक्ष भिडियो कन्फ्रेन्समार्फत जोड्ने काम गरिन्छ । इन्टरनेटको पहुँचमा नभएको ठाउँमा टेलिफोनबाट पनि परामर्श दिने गरिएको टेलिमेडिसिन अपरेटर चन्दले जानकारी दिए ।

दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चूअल माध्मबाट विशेषज्ञ सेवा पाउन थालेका हुन् । दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका छन् । टेलिमेडिसिन सुरू भएपछि बिरामीलाई सहज भएको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य सेवामा पहुँच बढाउन तथा बिरामीको सहजताका लागि थालिएको अभियान टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको प्रदेश अस्पतालका वाल रोग विशेषज्ञ डा नवराज केसी बताउछन् । चिकित्सक अभावमा विशेषज्ञ सेवा लिनबाट वञ्चित केही नागरिकलाई भए पनि राहत मिलेको उनको भनाई छ । सरकारले दुर्गममा रहेका सीमान्तकृत समुदायलाई लक्षित गरी प्रदेश अस्पतालकै जसरी विशेषज्ञ सेवा दिने उद्देश्यले टेलिमेडिसिन सुरू गरेको हो ।

प्रदेश अस्पतालका अनुसार जाजरकोट, हुम्ला, मुगु र सुर्खेका ३८ वटा स्वाथ्य संस्थाबाट सेवा उपलब्ध गराईदै आइएको छ । यस्तै, केही दिन पहिले मात्र दैलेखको महाबु गाउँपालिका र डोल्पाको ठूलीभेरी नगरपालिकामा पनि सेवा विस्तार गरिएको छ ।

टेलिमेडिसिन सेवा सुरुवाती चरणमा केही संस्थाहरू मात्र समेटिए पनि विस्तारै प्रदेशका सबै ठाउँबाट सेवा पुग्ने डा केसीको भनाई छ । ‘विकट ठाउँमा विशेषज्ञ चिकित्सक अभावमा नागरिकले सेवा नपाउने समस्या छ । यो प्रविधिले नागरिकले आफू बसेकै ठाउँबाट सेवा लिन सक्छन्,’उनले भने ।

स्वास्थ्य समस्या भएका व्यक्तिले घरमै बसेर डाक्टरहरूबाट परामर्श लिन सकिने भएकाले यो सेवा कर्णालीका लागि बढी प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ