२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली सरकारले प्रदेशका सबै जिल्ला अस्पताललाई एक-एक करोड रूपैयाँ दिने

कर्णाली सरकारले प्रदेशका सबै जिल्ला अस्पताललाई एक-एक करोड रूपैयाँ दिने

नागरिकका लागि राहतका प्याकेज समेत घोषणा


वीरेन्द्रनगर-कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशअन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुलाई थप रकम दिने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिण्डर र अक्सिजन आपूर्ति गर्न जिल्ला अस्पतालहरुलाई थप बजेट दिने निर्णय गरेको हो ।

प्रदेशका १० जिल्लामा रहेका जिल्ला अस्पतालहरुलाई एक-एक करोड रकम दिने निर्णय गरिएको छ ।

यस्तै, कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी अस्पताल रुकुमपश्चिमलाई एक-एक करोड तथा मेहलकुना अस्पताल र दैलेख अस्पताललाई ५०-५० लाख दिने निर्णय गरिएको छ ।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट पठाइने कर्णाली प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

यस्तै, कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण भयावह बन्ने खतरा बढेपछि कर्णाली सरकारले नागरिकहरुका लागि राहतका प्याकेज समेत घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलब्ध गराउने समेत निर्णय गरेको गरेको छ ।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ