२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुग्यो


सुर्खेत – कर्णालीमा कोभिड-१९को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कर्णालीमा पछिल्लो अवधिमा मात्रै २८ जनाको मृत्य भएको छ । प्रदेशका बिभिन्न कोभिड अस्पतालहरुमा उपचारका क्रममा उनीहरु संक्रमितको मृत्यु भएको हो ।

सोमबार दैलेखका एक र सुर्खेतका ४ जना कोरोना संक्रमितको मृत्युपछि कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ५९ पुगेको प्रदेश स्वाथ्य सेवा निर्देशनालयको तथ्यांकले देखाएको छ । वैशाखयता संक्रमण दर बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेकोे छ । सिकिस्त बिरामीहरुको संख्यामा बृद्धि भएकाले पनि मृत्युदर बढ्न सक्ने देखिएको स्वाथ्य सेवा निर्देशनालयका बरिष्ठ स्वाथ्य शिक्षा अधिकृत नोद नारायण चौधरीले बताए ।

संक्रमणका कारण सुर्खेतमा सबैभन्दा बढीले ज्यान गुमाएका छन् । यहाँ सोमोबार सम्म ३४ जनाको मृत्यु भएको छ । यस्तै हाल सम्म दैलेखका १०, कालिकोटका २, रुकुमपश्चिममा ३, डोल्पा र जुम्लाका १-१ जना र अन्य प्रदेशका ४ जनाले कोरोना संक्रमणका कारणबाट ज्यान गुमाएको स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ ।

जसमध्य ४५ जना पुरुष र १४ जना महिला रहेको वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत चौधरीले जानकारी दिए । कर्णालीमा हालसम्म ७ हजार ६ सय २२ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् भने २ हजार ६ सय ६५ जना संक्रिय संक्रमित रहेको बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ