२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहाँडसिंजा स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सञ्चालन

हाँडसिंजा स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सञ्चालन


जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्स-रे सेवा सञ्चाालनमा ल्याएको छ । स्वास्थ्य चौकीले भिडियो एक्सरे सञ्चालनमा ल्याएको हो ।

स्थानीयस्तरमै भिडियो एक्सरे सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई सहज भएको छ । यस जिल्लाका सिंजा भेगका गर्भवती महिलाहरु लामो दुरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भिडियो एक्सरे चेकजाँचका लागि आउने गरेका थिए ।

गाउँ घर नजिकैका स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि गर्भवती महिलालाई सहज हुनुका सार्थ मातृ मृत्युदर शुन्यमा ल्याउने अपेक्षा गरिएको हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज विरेन्द्र उपाध्यायले बताए ।

यस्तै, स्वास्थ्य संस्थामा ल्याव सेवा, पोषण सुधार केन्द्र, गर्भवती सेवा, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ