२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग

कर्णालीका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न माग


सुर्खेत–कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिदै आएका कर्णालीका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई कारवाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले आग्रह गरेको छ ।

घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हातपात गर्नेलाई हालै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संसोधन), अध्यादेश २०७८ बमोजिम पूर्पक्षका लागि थुनामा राखी हदैसम्मको जरिवाना र कैद तोक्न माग गरेको हो ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले हस्ताक्षर गरेको विज्ञप्तीमा हातपातबाट घाइते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. शंकरप्रसाद रिजाल, चिकित्सक डा. यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्मीको उपचारका लागि उचित क्षतिपूर्ति दिलाउन समेत संघले माग गरेको छ ।

कर्णाली प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याइएको आइसोलसनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्वयमाथि बिहिबार साँझ १५–१६ जनाको समूहले आक्रमण गरेको थियो । अस्पतालबाट घर फर्किने क्रममा बाटोमा बसेको समूहले हातपात गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ