२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल

कोभिड–१९ संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल


जुम्ला-जुम्लाको चन्दननाथ नगरपालिका– ७ यहाँको सदरमुकाम खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णयअनुसार २८ जेठ बेलुकादेखि सिल गरिएको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार मिचागाउँमा १९ जना कोभिड–१९ संक्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना संक्रमति रहेका छन् । उनीहरु सवैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह अनुरोध गरेपछि बस्ने मानेनन् ।

उनले भने, ‘संस्थागत आइसोलेसनमा बस्न नमानेपनि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरेका छौं । होम आइसोलेनमा सवेका सबै जनालाई स्वास्थ्य सुरक्षा सामग्री घरमै पु¥याएको छ ।’

स्थानीय युवा विजय रावलका अनुसार गाउँमा कोभिड–१९ संक्रमण फैलिएर भयावय स्थिति सिर्जना भएपछि विकास निर्माणका काम रोक्नुका साथै गाउँमा हुने भिडाभाड नगर्ने युवा परिचालन गरिएको छ । यस्तै कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै संक्रमति व्यक्तिहरुको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाएको उनले बताए ।

यस्तै यसअघि तातोपानी गाउँपालिका – १ राँकागाउँ र सोही गाउँपालिकाको – ६ रावतवाडा गाउँ पनि सिल गरी कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।

संक्रमितहरुको सम्र्पकमा रहेका व्यक्तिको कन्ट्रक टे«सिङ नहुन्जेलसम्म गाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘मावनीय लापरवाहीका कारण पछिल्लो समयमा गाउँ्–गाउँमा संक्रमण निकै वृद्धि भएकोले सिल गर्नु परेको हो । सिल गएको गाउँबाट बाहिरभित्र गर्न पाइने छैन ।’

अटेरी नियम उल्लघंन गरेको खण्डमा स्थानीय प्रशासन ऐन, २०२८ र कोभिड–१९ संकट व्यवस्थापन आदेश, २०७८ अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

८ बैशाखदेखि यता जुम्लामा कोभिड–१९ संक्रमितको संख्या ५८९ पुगेको छ । यस्तै संक्रमण मुक्त भएको संख्या ३३२ जना रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचारतार्थ रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ