२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिनियर स्वास्थ्यकर्मीलाई जुनियर बनाएर पोष्टिङ नगर्न हानको माग

सिनियर स्वास्थ्यकर्मीलाई जुनियर बनाएर पोष्टिङ नगर्न हानको माग


जुम्ला–हेल्थ असिस्टेन्ट (एचए)हरुको संगठन हानले सिनियरलाई जुनियर नबनाउन माग गरेको छ । हानले प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई ज्ञापन पत्र बुझाउँदैं यस्तो माग गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार गाउँपालिकाको दरबन्दी तेरिज तथा हिमाली जिल्ला तेरिज अनुसूची, सर्वाेच्च अदालतको आदेश र शैक्षिक योग्यता आधार पद र लोकसेवा प्रवेशविन्दु विधि प्रक्रिया बमोजिम सिनियर अहेब छैटौंभन्दा जनस्वास्थ्य अधिकृत छैटौं वरिष्ठ रहेको जिकिर गरेका छन् ।

यस्तो खालको नजिर हुँदाहुँदै पनि कतिपय गाउँपालिकाले स्वास्थ्य शाखा र स्वास्थ्य चौकी प्रमुख जुनियरलाई सिनियर बनाएको भन्दै हानमा आवद्ध स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

हानका जिल्ला अध्यक्ष वीरेन्द्र उपाध्यायका अनुसार पार्टीवाद, नातावादका कारण अदालतको आदेश उल्लघंन गर्दै सिनियरलाई जुनियर बनाएको बताए । उनले भने, ‘यस्तो समस्या जिल्लाका ८ स्थानीय तहमा रहेको छ । यो समस्याका विषयमा सरोकारवाला निकायको बैठक बसेर समाधान गरिदिन आग्रह गर्दछौँ ।’

पार्टीवादले नियुक्त भएका जुनियर प्रमुखले सिनियरलाई काम लगाउँदा कार्य सम्पादन सफल हुन नसकेको सिंजा गाउँपालिका जनस्वास्थ्य निरीक्षक छैटौं ललितजंग रोकायाले बताए । ‘यो समस्याको समाधान नहुदा यसको प्रभाव सेवाग्राहीमा परेको छ । पालिका प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, पालिका प्रमुखसहित सरोकारवाला निकायको बैठक राखी समस्या समाधान गरिदिन आग्रह गर्दछौं,’ रोकायाले भने ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले सबै सरोकारवाला निकायको बैठक राखेर समस्या समाधान गर्ने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ