२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नर्सिङ पढेका शतप्रतिशत विद्यार्थी नर्सिङ लाइसेन्समा पास भएका छन् । नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका हुन् ।

प्रतिष्ठानबाट ३४ जनाले नर्सिङ लाइसेन्स परीक्षा लिएका थिए । जसमा सबैजना विद्यार्थी उत्तीर्ण भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । ‘देशभरबाट पब्लिक नर्सिङमा ७८ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानबाट भने शतप्रतिशत उत्तीर्ण भएका छन्,’ उनले भने ।

यस्तै, बीएमएसतर्फ देशभर ९४ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानका पाँच जना परीक्षामा सहभागी भएका सबै शतप्रतिशत उत्तीर्ण भएको रजिष्ट्रार महतले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ