२०८३ असोज ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ

मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ


जुम्ला—मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा धनप्रसाद भट्ट र झ्यापु शाहीलाई पक्राउ गरेको हो ।

मुगुको सोरु गाउँपालिका—९, खनैयाँ स्वास्थ्य चौकीमा अनमीको रुपमा कार्यरत दाङकी तुलसाकुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् । उनको जाहेरीपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

विकले सोरू गाउँपालिका—९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिएकी थिइन् ।

सोहीअनुसार भट्ट र झ्यापु शाहीलाई पक्राउ गरी जिल्ला अदालत मुगुबाट म्याद थप भइसकेको थापाले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ