२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ : जोखिम नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा

कोभिड–१९ : जोखिम नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा


कैलाली–सुदूरपश्चिम सरकारले खडा गरेको कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार पाँच सय ५१ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारको ४० करोड समेत गरी हाल सम्म उक्त रकम जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिएका छन् ।

मन्त्री बोहराले फेसबुक पेजबाट लाइभ दिदै कोषमा हालसम्म जम्मा भएको रकमबारे जानकारी दिएका हुन् । उनका अनुसार कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ५/५ लाख रकम सहयोग गरेको छ ।

यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको मन्त्री बोहराले बताएका छन् । उनका अनुसार केही बैँक तथा वित्तिय संस्थाले समेत सहयोग घोषणा गरेका छन् । घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाख बढी रकम जम्मा हुने उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ