२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखटाएको ठाउँमा चिकित्सक नगएपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले माग्यो केन्द्रिय मन्त्रालयसँग गुहार

खटाएको ठाउँमा चिकित्सक नगएपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले माग्यो केन्द्रिय मन्त्रालयसँग गुहार


धनगढी–विश्वप्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणको लागि खटाएको ठाउँमा चिकित्सक जान नमानेको पाइएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशमा काम गरिरहेका चिकित्सकलाई परिचालन गर्दा अटेर गरेर बसेको जनाकारी दिएको छ ।

स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एक विज्ञप्ती जारी गर्दै चिकित्सकलाई निर्देशन दिँदा पनि अटेर गरेर बसेको हुनाले स्वास्थ्य मन्त्रालयलाई चिकित्सक व्यवस्थापन गर्नको लागि अनुरोध गरेको हो ।

बाजुरा जिल्ला अन्तर्गत कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सकको परिपुर्ति हुन नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘केन्द्रमा हाल कोरोना नियन्त्रणको लागि आइसोलेसन कक्ष समेत रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु मध्ये एक जनालाई काजमा खटाउन पत्रचार गरेकोमा बाजुरा अस्पतालले त्यस पत्र अनुसार चिकित्सक खटाउन नसिकने जनाकारी दियो ।’

निर्देशनालयले त्यसपछि सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. राजु राज जोशीलाई कोरोना रोगको महामारी नियन्त्रण नहुनन्जेल सम्म खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरी कामकाजका लागि गर्न पुन पत्रचार गरेको थियो । तर, डा। राजु राज जैशी पनि स्वास्थ्य निर्देशनालय दिपायल डोटीबाट गरिएको पत्राचारको अवज्ञा गरी काम गर्न खटाएको ठाउँमा नगई अटेर गरि बसेको निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पत्रचार गरेको छ ।

निर्देशनालयले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरा मा यथाशीघ्र चिकित्सकको व्यवस्थापन गरिदिन हुन अनुरोध गरेको छ ।’ डा। अवस्थीले भनेका छन्, ‘मन्त्रालयले अन्य चिकित्सक व्यवस्थापन गर्न नसकेमा मलाई नै उक्त स्थानमा कामकाजमा खटाइदिनु होस ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #Dr gunaraj


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ