२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ का क्यान्सरका बिरामीको उपचारमा समस्या

कोभिड—१९ का क्यान्सरका बिरामीको उपचारमा समस्या


काठमाडौं—विश्व स्वास्थ्य संगठनले क्यान्सरको उपचार गराइरहेका व्यक्तिहरु कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको बताएको छ । दीर्घ रोगका बिरामीमध्ये रोग प्रतिरोधी क्षमता ज्यादै कम भएकाले क्यान्सरका बिरामी बढी जोखिममा छन् ।

क्यान्सर रोग विशेषज्ञहरुका अनुसार करिब ३० हजारको संख्यामा क्यान्सरका रोगका बिरामी नेपालमा छन् । तर, नियमीत उपचार सेवा लिनेमा १९ हजार ४ सय ६० रहेको सरकारी तथ्यांकले देखाएको छ । हरेक वर्ष सोही अनुपातमा क्यान्सरका बिरामीले सेवा लिने गरेका छन् ।

काठमाडौं क्यान्सर सेन्टरका प्रमुख डा. अन्जनीकुमार झाका अनुसार कोभिड—१९ त्रासका साथै लकडाउनले क्यान्सर रोगीहरुको उपचारमा समस्या भएको छ । तर, सेवामा लिन आएका बिरामीहरुको हकमा भने कुनै समस्या नभएको उनी बताउँछन् । उपत्यकामा काठमाडौ क्यान्सर सेन्टर, भक्तपुर क्यान्सर अस्पताल र हरिसिद्धी अस्पतालले सेवा दिदैं आएका छन् ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्षसमेत रहेका डा.झाका अनुसार हाल सेवा लिन आउनेमा बच्चा दानीको मुखमा हुने क्यान्सर, घाँटीको क्यान्सर र स्तन क्यान्सर बढी छ । ‘कतिपय बिरामीहरु पास मिलाएर उपत्यका बाहिरबाट समेत सेवा लिन आएका छन् । तर, अधिकांश बिरामी कोरोनाको त्रासले सेवा छाडेर बसेका छन् । नियमित जाँचका लागि आउनैपर्नेहरु पनि आउन सकेका छैनन्,’ उनले भने ।

क्यान्सरका बिरामीहरु जो उपचार आवश्यक छ, उनीहरुका लागि केमोथेरापी, रेडियोथेरापी, ब्राकी (भित्री भाग सेक्ने) थेरापी दिइरहेका छन् । ब्राकी थेरापी काठमाडौं क्यान्सर सेन्टरले मात्रै दिदै आएको छ । नियमित ६० जना बिरामी आउने सेन्टरमा हाल ३५ जना नियमित सेवा लिन आएका डा. झाले बताए । ‘उपत्यका बाहिरबाट आएकाहरुलाई पिसिआरको रिपोर्ट मगाएका छौं,’ उनले भने, ‘सम्भव नभएको अवस्थामा लक्षणका आधारमा पनि परीक्षण गरिएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ