२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टयी हुन् कोरोना ‘रेड जोन’मा परेका १७ जिल्ला, देशका कुन जिल्लामा कति संक्रमित ?

यी हुन् कोरोना ‘रेड जोन’मा परेका १७ जिल्ला, देशका कुन जिल्लामा कति संक्रमित ?


काठमाडाैं –नेपालमा एक्टीभ कोरोना केस २ सय बढी देखिएका १७ जिल्ला रेड जोन (पूर्ण बन्दाबन्दी गर्नुपर्ने) मा पुगेका छन् । जसमा प्रदेश २ का ३ जिल्ला, गण्डकी प्रदेशका १ जिल्ला, प्रदेश ५ का ६ जिल्ला, कर्णाली प्रदेशका २ जिल्ला र सुदूरपश्चिम प्रदेशका ५ जिल्ला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आइतबार बेलुका उपलब्ध गराएको तथ्यांकअनुसार १७ जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयमाथि छ ।

जसमा महोत्तरीमा—५५६ जना, रौतहटमा—९७२ जना, सर्लाहीमा—४५१ जना, नवलपरासी पूर्वमा—२२८ जना, अर्घाखाँचीमा—२७४ जना, कपिलवस्तु—७०१ जना, गुल्मीमा—२८८ जना, दाङमा—४४२ जना, पाल्पामा—४७० जना, रुपन्देहीमा—२५१ जनामा एक्टीभ कोरोना केस देखिएको छ ।

यस्तै, दैलेखमा—४५२ जना, सुर्खेतमा—२८३ जना, कैलालीमा—५०६ जना, कन्चनपुरमा—२९८ जना, डडेलधुरामा—२१८ जना, बाजुरा—२९३ जना र बैतडी—२०७ जना एक्टीभ कोरोना संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६६ जिल्लामा १२ हजार ७ सय ७२ संक्रमित पुगेका छन् । जसमा ३ हजार १३ जना संक्रमणमुक्त भएर फर्किएका छन्, २९ जनाको मृत्यु भएको छ । ९ हजार ७ सय ३१ जनामा अझै सक्रिय संक्रमण छ ।

सरकारले कोभिड—१९ संक्रमितको संख्या २ सय सक्रिय केस भएमा भएमा ती जिल्लालाई ‘रेड जोन’मा राखेर पूर्ण रुपमा बन्दावन्दी गर्ने कानुनमा उल्लेख छ । कोभिड—१९ को महामारी व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड, २०७७ को विविध खमा एउटै जिल्लामा २ सयजना भन्दा बढी सक्रिय संक्रमितको संख्या भएमा पूर्ण बन्दावन्दी गर्ने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारी निर्देशिकामा भएको पूर्ण बन्दाबन्दीको अर्थ ‘रेड जोन’ मानेको बताउँछन् । ‘निर्देशिकामा रेड जोन भनेर तोकिएको छैन्,’ मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, ‘कुनै जिल्लामा सक्रिय २ सय केस पुगेपछि पूर्ण रुपमा बन्दावन्दी गर्ने भनिएको छ ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘रेड जोन’मा परेका जिल्लामा पूर्ण रुपमा बन्दाबन्दी भनेतापनि कुनै पनि जिल्लामा लागु भएको छैन ।

कुन जिल्लामा कति संक्रमण


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ