२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका सबै स्थानीय तहमा पुनः निषेधाज्ञा

जुम्लाका सबै स्थानीय तहमा पुनः निषेधाज्ञा


खलङ्गा-जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिंजा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।

चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पुर्वमा दान साँघु, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय, दक्षिणमा तिला नदी र पश्चिममा गमगाड क्षेत्रभित्रका औषधि पसलबाहेक अन्य पूर्ण रुपमा बन्द गरिएको छ । पातारासी गाउँपालिका भने यसअघि नै निषेधाज्ञा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गरेको निषेधाज्ञामा ३२ साउन राति १२ बजेदेखि लागु हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जानकारी उल्लेख छ ।

स्थानीय प्रशासनले संक्रामण रोग ऐन, २०२० को २ (२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने, ‘स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब संकलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, संक्रमण हुन नदिन निषेधाज्ञा गरिएको हो ।’

यसैगरी, कुनैपनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तिज नजिकिदै गर्दा विभिन्न स्थानमा पार्टी र भेला हुने, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

एकातिर कोरोनाको रोकथामका लागि खोजी कार्य गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्नेदेखि भिडभाड कम गर्ने अभियानको भेला भिडभाड बढाउने कामले तिजमा झन प्रभावित हुने भएकाले निषेधाज्ञा गरिएको हो ।

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा ६ जना रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ