२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशका मुख्यमन्त्रीको निर्देशन, मास्कको प्रयोग अनिवार्य गराउनु

कर्णाली प्रदेशका मुख्यमन्त्रीको निर्देशन, मास्कको प्रयोग अनिवार्य गराउनु


सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्नका लागि सबै नागरिकहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा मुख्यमन्त्रीले कोरोना संक्रमण रोक्न आवश्यक सुरक्षा सतर्कता अपाउन सुझाव दिए ।

जिल्लाको अवस्था बुझ्न र प्रदेश सरकारबाट हुन सक्ने सहयोग बुझ्न बैठक बोलाइएको शाहीको भनाई थियो । मुख्यमन्त्री शाहीले कोरोना रोकथामका लागि आवश्यक सबै कदम चाल्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन्् । नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको भएको बताउँदै लक्षणसहितको संक्रमण बढेकोले सबै जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने उनले बताए ।

जिल्लामा हुने मेला, महोत्सव, दलहरुका कार्यक्रम बैठक र भिडभाड हुने गतिविधि रोक्न समेत उनले निर्देशन दिएका छन् । सबै जिल्लालाई स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर हरेक नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिए । प्रदेश सरकारले जिल्ला अस्पतालहरुमा अक्सिजन, कम्तिमा एउटा भेन्टिलेटर र पाँचदेखि सातवटा आईसियु बेड व्यवस्था गर्न लागेको समेत उनले बताए ।
साथै वर्षायामका कारण बाढी, पहिरोजस्ता प्राकृतिक विपदवाट क्षति बढेको तर्फ चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले उद्धार, उपचार, राहतलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गरी काम गर्न अनुरोध गरे ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ