२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनकपुर प्रादेशिक ल्यावलाई अत्याधुनिक बनाउने मूख्यमन्त्री राउतको प्रतिवद्धता

जनकपुर प्रादेशिक ल्यावलाई अत्याधुनिक बनाउने मूख्यमन्त्री राउतको प्रतिवद्धता


जनकपुर– जनकपुर प्रादेशिक ल्यावलाई अत्याधुनिक बनाउने प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतले प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री राउतले जिल्लाका सबै ल्यावहरुलाई अत्याधुनिक बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाएका हुन् ।

स्थापनाको पहिलो वर्षमै कोभिड महामारीको चुनौतीलाई सामना गरेको ल्याबले अगामी दिनमा अन्य रोगहरुको पहिचान गर्न सक्षम हुने समेत उनले विश्वास व्यक्त गरे । उनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक पीसीआर परीक्षणमा पछिल्लो समय ल्याबले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै परीक्षण कार्यमा संलग्नहरुको प्रदेश सरकारले उच्च मुल्यांकन गर्ने बताए ।

सो अवसरमा युएनडिपीले प्रादेशिक ल्याबको लागि अटो एब्सट्रेक्सन मेसिन समेत हस्तान्तरण गरेको छ । युएनडिपीका प्रदेश २ प्रमुखले मुख्यमन्त्री राउतलाई सो मेसिन हस्तान्तरण गर्दै अगामी दिनमा थप मेसिनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

ल्यावका निर्देशक डा. श्रवण कुमार मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवल किसोर साह, राज्यमन्त्री अभिराम शर्मा, समाजिक विकास मन्त्रालयका सचिव सहितले शुभकामना मन्तव्य राखेका थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ