गृहपृष्ठ ∕ समाचार ∕ औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यबस्था विभागको ध्यानाकर्षण हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, ११:१९ मा प्रकाशित काठमाडौं– औषधिको कालोबजारी बढेको भन्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराइएको छ । विभागमा दर्ता भएका औषधिहरु लामो समयदेखि अभाव भइरहेको र यसमा कालोबजारी भएको भन्दै नेपाल औषधि व्यवसायी संघ मोरङले विभागको ध्यानाकर्षण गराएको हो । विभागमा दर्ता भएका मानव जीवन बचाउन आवश्यक पर्ने औषधिहरु लामो समयदेखि अभाव भइरहेको सहज आपुर्ति गराउन माग गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस्तै, औषधि व्यवस्था विभागमै दर्ता नभएका तर भारतसँग खुला सिमानाका कारण नेपालमा प्रतिवन्धित औषधिहरु सहज रुपले बिक्री वितरण तथा तस्करी भइरहेको हुँदा औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन औषधि व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ । संघले पोषणयुक्त खाद्यान्न बनाउने (न्युट्रासिटिकल) सामाग्री ठूला आयतकर्ताले ल्याउँदा केही नगर्ने तर साना औषधि पसलेलाई कारवाही गर्ने सरकारको दोहोरो चरित्र भएको जनाएको छ । संघका मोरङ उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले भारतसँग जोडिएका प्रदेश १ का जिल्लाहरुमा प्रतिवन्धित औषधि सहज रुपमा भित्रिएर विक्री वितरण भइरहेको हुँदा त्यसलाई कि त नियमनमा ल्याउनुपर्ने या त कारवाही गर्न सक्नु पर्ने बताए । उनले औषधिको तस्करीमा औषधि र भरिया फेला पारे तापनि व्यक्ति र गिरोह पक्राउ नपर्नुले कानुनी तवरबाट व्यवसाय गरिरहेका व्यवसायी मर्कामा परेको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि