२०८३ असोज १०, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभ्याक्स सुविधाअन्तर्गतको कोभिड खोपको पहिलो खेप नेपाल आउँदैं

कोभ्याक्स सुविधाअन्तर्गतको कोभिड खोपको पहिलो खेप नेपाल आउँदैं


काठमाडौं—कोभ्याक्स सुविधाअन्तर्गतको नेपालले पाउने कोरोना विरुद्धको खोपको  पहिलो खेप आज नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार विहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने खोपको पहिलो खेप नेपाल आइपुग्नेछ ।

पहिलो खेपअन्तर्गत अहिले सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप आइपुग्नेछ । नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअनुसार झण्डै २० प्रतिशत नेपालीलाई लगाउन पुग्ने खोपको मात्रा पाउने छ ।

कोभ्याक्स सुविधामार्फत नेपाल आएको खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप हो । जुन भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ